× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चीनले पठाएको अन्तरिक्ष यान चाङइ-५ चन्द्रमामा सफलतापूर्वक अवतरण पश्चात तस्विर पठाउन शुरु

    ४ वर्ष पहिले

    एजेन्सी- चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमाको सहतमा सफल रुपमा अवतरण गरेको छ । हालै चन्द्रमामा प्रक्षेपण गरेको अन्तरिक्ष मिसन चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको हो ।सो यानले चन्द्रमाको सहतमा खिचेको तस्विर पनि पठाएको छ ।


    चाङइ–५ को रोबोटयुक्त ल्याण्डर चन्द्रमाको सहतमा खिचेको पहिलो तस्विरको रुपमा आफ्नै छाया खिचेर पठाएको छ ।


    २३ नोभेम्बरमा पृथ्वीबाट गएको अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको हो । चीनको रोबोटिक चाङइ–५ अभियान अन्तर्गत चीनले यान पठाएको हो । चीन यो अभियानबाट चन्द्रमाको ढुंगा र माटो पृथ्वीमा ल्याउन चाहन्छ । चीनको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशाना बनाएको छ ।

    चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताउनेछ। ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडित छ।

    उसले भुइँबाट ढुङ्गा वा धूलो उठाएर करिब दुई किलो सामानलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ जसले त्यसलाई पृथ्वीमा फर्काउनेछ। यदि फर्कन सफल भएमा सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान हुनेछ।

    चाङइ–५ को रोबोटयुक्त ल्याण्डर चन्द्रमाको सहतमा खिचेको दोस्रो तस्विर

    यसअघि यस्तो सफलता ४४ वर्षअगाडि प्राप्त भएको थियो जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो। चीनले यसअघि दुईपटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ । चीनको यो सफलतासंगै अन्तरिक्ष विज्ञानमा रुस र अमेरिकाले कायम गरेको आधिपत्यलाई तोड्न चीन सक्षम बन्दै गएको संकेत गरेको छ ।