× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तीन दिन हल्का वर्षा हुने मौसम पूर्वानुमान

    ४ वर्ष पहिले

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी वायुको प्रभाव देखिए जनाइएको छ ।
    बुधबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । बाग्मती,गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुनुका साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    राती प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक वदली रहनेछ। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भु-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

    बिहीबार दिउँसो देशका पहाडी भु(भागमा आंशिकदेखि सामान्य बदलि र बाँकी भु-आंशिक बदलि रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शुक्रबार दिउँसो बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदलि र बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदलि रही अन्य भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। । बाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।