× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तीन साताको कडा लकडाउन गर्न उपत्यकाका मेयर्स फोरमको प्रस्ताव

    ४ वर्ष पहिले

    काठमाडौं उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएको छ ।
    काठमाडौं उपत्यकामा मात्रै एक लाखभन्दा बढी कोरोना संक्रमितहरु छन् । शनिबारसम्म मुलुकभर संक्रमितको संख्या दुई लाख १८ हजार छ सय ३९ रहेको छ भने मृतकको संख्या एक हजार तीन सय पाँच जना पुगेको छ ।

    कोभिड–१९ महामारीको दोस्रो चरण देखिएपछि युरोपका धेरैजसो मुलुकमा पुनः लकडाउन शुरु भएकोले काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक भएको फोरम प्रवक्ताले बताएका छन् । तर फोरमले सरकारलाई आफ्नो प्रस्ताव बुझाएपनि यस सम्बन्धमा अन्तिम निर्णय भने सरकारले नै गर्नुपर्ने हुन्छ ।

    हालैका दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा कोरोना संक्रमण बढेको आशंका गरिएको छ । तर, यसबीच शंकास्पद संक्रमितहरु परीक्षणको लागि अस्पताल वा स्वास्थ्य केन्द्र जाने क्रम भने घटेको छ ।