× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राजमो अध्यक्ष चित्रबहादुर केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने

    ४ वर्ष पहिले

    काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचारको सबै खर्च सरकारले व्यहोर्ने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

    संविधानसभाका सदस्य तथा पूर्वउपप्रधानमन्त्री केसी कोरोना भाइरस संक्रमण भई उपचार गराइरहेका छन्।

    केही दिन अघिबाट निमोनियाले ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हाल केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले सहयोग गर्न समेत जनमोर्चाले अपिल गरेको थियो ।