× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    हेटौंडाको रातोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    ४ वर्ष पहिले

    हेटौंडा कार्तिक २६ । हेटौंडाको रातोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिकाको परवानीपुरका २६ वर्षीय प्रतिक क्षेत्री रहेका छन् ।

    बुधबार दिउँसो प्रहरीले घटनास्थलमा पुगेर हेर्दा सडक कलभटभन्दा तल खोँचमा मोटरसाइकलले थिचेको अवस्थामा क्षेत्रीलाई भेटेको थियो ।

    बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ४५ प ८४७४ नंबरको पल्सर मोटरसाइकल दुर्घटना अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

    क्षेत्रीको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र मृतकका परिवार सम्पर्कमा आएको प्रहरीले जनाएको छ । Source: khabarbreak