× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आईपीएल: दिल्ली लाई हराउँदै पाँचौ पटक जित्यो मुम्बईले उपाधि

    ४ वर्ष पहिले

    काठमाडौं ।मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।मंगलबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सफल भएको थियो । दिल्लीका लागि अ‍ैयर र पन्तले अर्धशतकीय पारी खेले । ५० बल खेलेका कप्तान अ‍ैयरले ६ चौका र २ छक्काको सहयोगमा ६५ रन बनाए । त्यस्तै ३८ बल खेलेका पन्तले ४ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए । दिल्लीका लागि शिखर धावनले १५ रन बनाए । बलिङतर्फ मुम्बईका लागि टे«न्ट बोल्टले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नथान कोट्रेलले दुई विकेट लिँदा जयन्त यादवले एक विकेट लिए ।

    दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन पूरा गर्यो ।

    मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६८ रन बनाउन सफल भए । त्यस्तै इसन किसनले ३३ रन बनाउँदा क्विन्टन डी ककले २० रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि अर्निच नोटरेजले दुई विकेट लिए । त्यस्तै कगिसो रबाडा र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।

    मुम्बईले लगातार दुई सिजन आईपीएलको उपाधि जितेको छ । सन् २०१९ मा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै आईपीएलको उपाधि जितेको मुम्बईले यो सिजन दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको हो ।

    राजस्थान रोयल्सका जोफ्रा आर्चरले भ्यालुएबल अवार्ड प्राप्त गरेका हुन् । त्यसैगरी रबाडाले १७ खेलमा ३० विकेट लिदै पर्पल क्याप जितेका छन् भने पन्जाबका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले ओरेन्ज क्याप तथा गेम चेन्जर अवार्ड पनि जितेका छन् । राहुलले १४ खेलमा १ शतक र पाँच अर्ध शतक सहित कुल ६ सय ७० रन बनाएका थिए ।