

५ वर्ष पहिले
कात्तिक १९, चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा बाबुको सम्झनामा छोरीहरुले विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिनका समाजसेवी सुन बहादुर जुहारचनको २०७७ कार्तिक ३ गते निधन भएको थियो। समाजसेवी बाबुको सपना पूरा गर्ने भन्दै छोरीहरु सिता हिराचन, सुकुन्ता लालचन, सकुन्ती हिराचन , बसुधा हिराचन ,निसुता लालचन र निरुता लालचनले सयुक्त रुपमा थकाली सेवा समिति मुग्लिनलाई १ लाख ३६ हजार बराबरको जिन्सी सामान सहयोग गरेको छ । त्यसैगरी नेवार गुठी समाज मुग्लिन , ब्राह्मण समाज मुग्लिन ,गुम्बा सेवा समिति मुग्लिन र मगर समाज मुग्लिनलाई २०/२० हजारको दरले सहयोग प्रदान गरेको छ भने कर्तव्यनिष्ठ महिला समाज तथा सिर्जनशिल महिला जागरण केन्द्रलाई रु १०/१० हजारको दरले सहयोग रकम प्रदान गरेको छ ।

सो सहयोग कार्यक्रममा नेवारी गुठी समाजका तर्फबाट कुमार श्रेष्ठ तथा सम्पूर्ण संघसंस्थाको तर्फबाट कर्तव्यनिष्ठ महिला समाजकी सचिव जुना राजभण्डारी तथा सिर्जनशील महिला जागरण केन्द्रकी अध्यक्ष सावित्री पुडासैनी खनालले बाबुको सम्झनामा छोरीहरुले गरेको सहयोगको स्रहाना गर्दै धन्यवाद व्यक्त गरेको छ ।