× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनको मर्स्याङ्दी स्कुलमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    १ घण्टा पहिले

    जेठ-३०,इच्छाकामना जेसीज तथा मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    इच्छाकामना-५,मुग्लिनमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलमा आयोजना गरिएको दम तथा श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य शिविरमा १ सय ६ जनाले उपचार तथा परामर्श लिएका हुन्।

    शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता इच्छाकामना जेसीजका अध्यक्ष रन्जिता सिलवाल तथा सहअध्यक्षता मर्स्याङ्दी शिक्षा सदन स्कुलका प्रधानाध्यापक दिपक श्रेष्ठले गरेको थियो।

    शिविर उद्घाटन समारोहका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले प्रत्येक नागरिकलाई स्वास्थ्य उपचार पाउने हक रहेको र यस्तो कार्यक्रमले जनताको स्वास्थ्य उपचार पाउने हक सुनिश्चित हुने बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा इच्छाकामना गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तेजबहादुर शेरचन तथा वडा नं ३ का वडा अध्यक्ष नरबहादुर नेपाल उपस्थित रहेकाे थियो।

    चितवन मेडिकल कलेजका श्वासप्रश्वास परामर्शदाता विक्रम शाहको संयोजनमा परामर्श चिकित्सक डाक्टर प्रशान्त पौडेल, फर्मासिस्ट पुजा नेपाली, नर्सिङ टिमका सदस्य दीक्षा परियार, ल्याव टेक्नीसियन संजिव यादव सहभागीता रहेको थियो ।

    शिविरमा विरामीहरुको निःशुल्क जाँच, परार्मश तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।