× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आँबुखैरेनी सवस्टेशनमा चट्याङ परेर क्षति पुर्याउँदा मुग्लिन फिडर अन्तर्गतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध, भोलि १०:०० बजे मात्र सेवा सुचारु हुने

    २ घण्टा पहिले

    मुग्लिन-तनहुँको आँबुखैरेनी सवस्टेशनमा चट्याङ परेर क्षति पुर्याउँदा मुग्लिन फिडर अन्तर्गतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। शुक्रबार साँझ आएको भारी वर्षासँगैको हावाहुरी र चट्याङले सबस्टेसनमा क्षति पुर्याउँदा आपूर्ति बन्द भएको हो ।

    नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र चितवनका फ्युज शाखा मुग्लिनका प्रमुख शेषमणी अधिकारीले दिएको जानकारी अनुसार आँबुखैरेनी सवस्टेशनमा चट्याङ परेर क्षति पुर्याउँदा मुग्लिन फिडर अन्तर्गतका आँबुखैरेनी सबस्टेशन देखि मुग्लिङ ,केवलकार ,कुरिनटार, चुम्लिङ्टार, फिस्लिङ्ग, मोवाखोला, नागदह, इच्छाकामना मन्दिर एरिया, पाँचकिलो, जलबिरे चन्डिभन्ज्याङ्ग र गोर्खाको मकैसिङ, सिलिङ्टार, भुम्लिचोक गोर्दी बुटार सम्म विद्युत अवरुद्ध भएको हो।

    उनको अनुसार बिधुत सेवा सुचारु भने भोलि बिहान १०:०० पछि मात्र हुने र निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा विद्युत सेवा छिटो सुचारु हुने समेत जनाइएको छ।