× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना भाइरस संक्रमित थपिए,थप १६ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक १४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
    २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ३४ हजार ५३ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ३८७ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ९ सय ७० रहेको छ ।
    पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७६.७ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।
    हाल क्वारेन्टिनमा २ हजार ६ सय ६६ जना रहेको छ ।त्यस्तै आइसीयूमा अहिले ३०० जना र भेन्टिलेटरमा ७१ जनाको उपचार भईरहेको छ ।