× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना भाइरस संक्रमित थपिए,थप १७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक १३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।
    २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख १९ हजार ६४ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७५.८ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।
    हाल क्वारेन्टिनमा २ हजार ६ सय ८९ जना रहेको छ ।