× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३१६७ जना कोरोना भाइरस संक्रमित थपिए,थप १२ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक १,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।
    २४ घण्टामा १५ हजार ४ सय ३० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ६९ हजार ६ सय ५ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ७३ रहेको छ । संक्रमितमध्ये १३ हजार २ सय ९९ संस्थागत आइसोलेसनमा छन् भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय जना निको भएका छन् । कुल निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ६९.४ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १२ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ७ सय १५ जना रहेको छ । त्यसैगरी आईसीयूमा २९० र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ।