× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालले विदेशी पर्यटकका लागि आगमन खुल्ला गर्यो

    ३० आश्विन २०७७, शनिबार

    ३० आश्विन २०७७, शनिबार

    कोरोना भाइरसको संक्रमण उच्च रूपमा फैलिरहेको भए पनि सरकारले स्वास्थ्य मापदण्ड लागू गरेर शनिबार ( कात्तिक १) देखि विदेशी पर्यटक आगमन खुला गरेको हो ।
    कोरोना जोखिमका कारण ११ चैतदेखि बन्द रहेको पर्यटन क्षेत्रले यो अवधिमा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । यसअघि ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् ।
    तर, नेपाल आउने विदेशी पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ भने नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था गरिएको छ ।
    नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी क्वारेन्टाइनको अवधि घटाउनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पिसिआर गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिन्छन् ।