× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालले विदेशी पर्यटकका लागि आगमन खुल्ला गर्यो

    ४ वर्ष पहिले

    कोरोना भाइरसको संक्रमण उच्च रूपमा फैलिरहेको भए पनि सरकारले स्वास्थ्य मापदण्ड लागू गरेर शनिबार ( कात्तिक १) देखि विदेशी पर्यटक आगमन खुला गरेको हो ।
    कोरोना जोखिमका कारण ११ चैतदेखि बन्द रहेको पर्यटन क्षेत्रले यो अवधिमा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । यसअघि ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् ।
    तर, नेपाल आउने विदेशी पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ भने नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था गरिएको छ ।
    नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी क्वारेन्टाइनको अवधि घटाउनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पिसिआर गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिन्छन् ।