× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाल प्रहरीमा ५ हजारभन्दा बढीलाई रोजगारीको अवसर, ८ कक्षा पासले पनि आवेदन दिन पाउने

    ४ वर्ष पहिले

    काठमाडौं । नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी जवान (जनपद) मा भर्ना लिन लागेको हो ।
    जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ भने अरू समावेशीतर्फ छ । समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ । महिलातर्फ चार सय ४१ जना मागेको छ ।
    प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ ।
    कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख छ । देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर)मा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागको भर्ना छनौट महाशाखाले जानकारी दिएको छ ।