× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपिएलमा पन्जाबले बैंगलोरलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न शाराझा क्रिकेट स्टेडियममा किङ्स इलाभेन पन्जाबले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो ।
    टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ४८ रनको योगदान गरे । ३९ बल खेलेका उनले ३ चौकाको रहयोगमा ४८ बनाउन सफल भएका हुन् । त्यस्तै शिभम डुबेले २३ रन बनाउँदा अरोन फिन्चले २० रनको योगदान गरे ।बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले र मर्गान अश्विनले समान दुई–दुई विकेट लिए ।त्यस्तै अर्सदीप सिंक र क्रिस जोर्डानले समान एक–एक विकेट लिए ।
    बैंगलोरले पन्जाबलाई जितका लागि दिएको १७२ रनको लक्ष्य पछाएको पन्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।
    पन्जाबका लागि के एल राहुल र क्रिस गेलले अर्धशतीकय पारी खेले । ४९ बल खेलेका राहुलले १ चौका र ५ छक्काको सहयोगमा ६१ रन बनाए । त्यस्तै ४५ बल खेलेका गेलले १ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए ।

    पन्जाबका लागि मयंक अग्रवालले ४५ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजेभेन्द्र चहालले एक विकेट लिन बाहेक अन्य कुनै बलरले विकेट लिन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
    आजको खेलमा जित निकालेसँगै पन्जाबले आठ खेलबाट चार अंक जोडेको छ । त्यस्तै समान खेल खेलेको बैंगलोर १० अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।