× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा कोरोनामुक्त २० जनाले गरे प्लाज्मा दान

    ४ वर्ष पहिले

    कोरोना संक्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसको अबसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनीहरुले प्लाज्मा दान गरेका हुन ।नारायणगढमा भएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीहरुलाई उपचारमा सहज वनाउनका लागि प्लाज्मा दान गरेका हुन । कोरोनामुक्त बनेका प्रहरी र सर्वसाधरणले प्लाज्मा दान गरेका हुन । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।कोराना संक्रमित बिरामीलाई कोरोनामुक्त बनेका व्यक्तिबाट शरिरमा बनिसकेको एण्टीबडी अर्को संक्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ । चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ संक्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए । उनका अनुसार अब दशैपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना रहेको छ।