× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३७४९ जना कोरोना भाइरस संक्रमित थपिए,थप १९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज २९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
    २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ३७ हजार ६ सय ३६ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । संक्रमितमध्ये १२ हजार ३ सय ३९ संस्थागत आइसोलेसनमा छन् भने २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ८ सय २५ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३१४ र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको छ।