× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकारले ६० वर्षमुनिका विधवा र अति अशक्त अपाङ्गलाई मासिक भत्ता दिने

    ४ वर्ष पहिले

    सरकारले ६० वर्षमुनिका विधुवा महिला तथा अति अशक्तलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ।मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो। असोज २६ गतेको मन्त्रिपरिषद्को बैठकले भत्ता उपलब्ध गराउने विषयमा निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ।

    केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तलाई भक्ता दिन रोक लगाइएको थियो।महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले यस्तो निर्देशन गरेको हो।

    पत्रमा आर्थिक वर्ष २०७७ ०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनिएको छ।‘६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ‘ख’ वर्गका परिचय पत्र भएका लाभग्राहीलाई मासिक एक हजार छ सयका दरले भत्ता उपलब्ध गराउनू’ गृहको पत्रमा भनिएको छ।