× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नाडालले १३औं पटक फ्रेन्च ओपन जित्दै फेडेररको कीर्तिमानलाई गरे बराबरी

    २५ आश्विन २०७७, सोमबार

    २५ आश्विन २०७७, सोमबार

    दोस्रो वरियताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् ।

    पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै क्ले कोर्टका बादशाह नाडाल फ्रेन्च ओपनमा १३औं पटक च्याम्पियन बन्न सफल भएको हो । यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी बनेका छन् ।
    दुवै खेलाडी खेल जीवनमा कीर्तिमानी ५६औं पटक भिड्दा नाडालले बाजी मारेका हुन् ।जोकोभिचमाथि पहिलो र दोस्रो सेटमा ६–० र ६–२ को सहज जित हात पारेका नाडालले तेस्रो सेट ७–५ ले आफ्नो पक्षमा पार्न सफल भए । जोकोभिचलाई पराजित गर्न नाडालले २ घन्टा ४१ मिनेट समय खर्चिए ।
    यस्तै नाडालले सर्वाधिक ग्रान्डस्लाम जित्ने स्वीस खेलाडी रोजर फेडेररको कीर्तिमानलाई बराबरी गरेका छन् । फ्रेन्च ओपन जितसँगै नाडालले ३९ वर्षीय फेडेररको सर्वाधिक २० ग्रान्डस्लाम उपाधिसँग बराबरी गरेका हुन् । फाइन्लमा नाडालसँग पराजित जोकोभिचले १७ ग्रान्डस्लाम उपाधि जितेका छन् ।