× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    युइएफए नेसन्स लिगमा स्पेन र जर्मनी विजयी

    ४ वर्ष पहिले

    युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले घरेलु मैदानमा स्विटजरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
    स्पेनको जितमा खेलको १४औ मिनेटमा मिकेल ओयारजाबालले खेलको एक मात्र गोल गरेका थिए ।
    यो जितपछि स्पेन नेसन्स लिगको समुह ४ मा शिर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा ७ अंकसहित स्पेन शिर्ष स्थानमा रहेको छ ।
    त्यस्तै स्वीट्जरल्याण्डको भने ३ खेलमा केवल एक अंक रहेको छ ।

    त्यस्तै गएराती नै भएको खेलमा युक्रेनले आफ्नो घरेलु मैदानमा जर्मनीसंग २-१ गोल अन्तरले पराजित भएको छ । जर्मनीको जितमा माथिआस जिन्टर र लेओन गोरेटज्काले एक एक गोल गरेका थिए । युक्रेनका रुस्लान मालिनोभ्स्कीले एक गोल फर्काएका थिए ।
    यो जितपछि समुह ४ मै रहेको जर्मनीको ३ खेलमा ५ अंक भएको छ भने युक्रेनको ३ खेलमा ३ अंक रहेको छ
    अब नेसन्स लिग अन्तर्गत जर्मनीले आगामी बुधबार राति स्वीट्जरल्याण्डसँग खेल्दै छ भने स्पेनले युक्रेनसँग खेल्दै छ ।