× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

    ४ वर्ष पहिले

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन्।

    उनले लेखेका छन्, “हिजो शुक्रबार बेलुका निवासमा फर्किएपछि हल्का ज्वरोको महसुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु ।”

    मन्त्री भट्टराईले केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गर्नसमेत आग्रह गरेका छन् । 

    डेढ सातायता संघीय राजधानी बाहिरका विभिन्‍न जिल्लामा पुगिरहेका भट्टराईले गत सोमबार पनि कोरोना परीक्षण गराएका थिए। त्यसबेला उनको रिपोर्ट नेगेटिभ आएको थियो। 

    भट्टराईले आफूलाई संक्रमण भएपछि केही दिनयता सम्पर्कमा आएकाहरुलाई सतर्क रहन भनेका छन्। ‘केही दिनयता मसँग सम्पर्कमा आएकाहरूले सतर्क रहनु’, उनले भनेका छन्, ‘कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारण कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्राथी छु। होसियार रहनु र परिआएमा सामना गर्नुबाहेक के नै पो विकल्प छ र?