× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा कोरोना संक्रमित संख्या १ लाख ५ हजार ६ सय ८४ पुग्यो,२४ घण्टामा ५००८ जना कोरोना संक्रमित थपिए

    ४ वर्ष पहिले

    असोज २४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।
    २४ घण्टामा १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ६४ हजार ५ सय ५७ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ । संक्रमितमध्ये १३ हजार ६ सय ५४ संस्थागत आइसोलेसनमा छन् भने १७ हजार १ सय ६४ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ६ सय ८६ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३२१ र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ।