४ वर्ष पहिले
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न सारजाहाँ क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराउँदै शीर्ष स्थानमा उक्लन सफल भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
दिल्लीका लागि सिमरन हेटमायरले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै मार्कुस स्टोइनिसले ३९ रन बनाउँदा कप्तान श्रेयस अैरले २२ रन तथा हर्शल पटेल १६, अक्षर पटेलले १७ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका लागि जोर्फा आर्चरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्तिक त्यागी, आन्द्रे टोए र राहुल तेवातियाले समान एक–एक विकेट लिए ।
दिल्लीले जितका लागि दिएको १८५ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा सम्पुर्ण विकेट गुमाउँदै मात्र १३८ रन बनायो ।
राजस्थानका लागि राहुल तेवातीयाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै यजवसी जैसवालले ३४ रन बनाउँदा स्टिभ स्मिथले २४ तथा जोस बट्लरले १ रन बनाए ।
बलिङतर्फ दिल्लीका लागि कगिसो राबाडाले सर्वाधिक तीन विकेट लिन सफल भए । रविचन्द्र आश्विन र कुस स्टाइनिसले समान दुई दुई विकेट लिए । दिल्लीका लागि एनिज नोर्टेन, हर्सल पटेल र अक्षर पटेलले एक एक विकेट लिए ।