× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा कोलकताले चेन्नईलाई हरायो

    २१ आश्विन २०७७, बिहीबार

    २१ आश्विन २०७७, बिहीबार

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भर्खरै सम्पन्न शेख जायद स्टेडियम आबूधाबीमा भएको खेलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रन हराउँन सफल भए ।
    टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनायो ।
    कोलकताका लागि राहुल त्रिपाठिले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ८१ रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले र सुनिल नारायनले समान १७ रनको योगदान गर्न सफल भए ।

    बलिङतर्फ चेन्नईका लागि डुवाइन ब्राभोले सर्वाधिक चार विकेट लिए । त्यसतै शादुर्ल ठाकुर, श्याम करन र करन शर्माले समान दुई–दुई विकेट लिए ।
    कोलकताले जितका लागि दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५७ रन मात्र बनायो ।
    चेन्नईका लागि ओपनर शेन वाटसनले सर्वाधिक ५० रनको योगदान दिए। त्यस्तै अम्बाती रायुडूले ३० रन बनाउँदा रविन्द्र जडेजा २१ तथा साम करन र फाफ डुप्लेसिसले १७\१७ रन जोडे। कप्तान महेन्द्र सिंह धोनीले ११ रन जोडे।।
    बलिङतर्फ कोलकताका आन्द्रे रसेल, कमलेश नगरकोटी र बरुण चकबर्तीले समान एक एक विकेट लिए ।