× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा ३४३९ जना कोरोना भाइरस संक्रमित थपिए,थप १५ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज २१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जना संक्रमित थपिएका हुन् ।
    २४ घण्टामा १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख १३ हजार ४ सय ८६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
    हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५९ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।संक्रमितमध्ये १० हजार ५ सय ९६ संस्थागत आइसोलेसनमा छन् भने १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना निको भएका छन् । कुल निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार १ सय १६ जना रहेको छ । त्यसैगरी आईसीयूमा २३३ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ।