× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा ३४३९ जना कोरोना भाइरस संक्रमित थपिए,थप १५ जनाको मृत्यु

    २० आश्विन २०७७, बुधबार

    २० आश्विन २०७७, बुधबार

    असोज २१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जना संक्रमित थपिएका हुन् ।
    २४ घण्टामा १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख १३ हजार ४ सय ८६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
    हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५९ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।संक्रमितमध्ये १० हजार ५ सय ९६ संस्थागत आइसोलेसनमा छन् भने १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना निको भएका छन् । कुल निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार १ सय १६ जना रहेको छ । त्यसैगरी आईसीयूमा २३३ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ।