४ वर्ष पहिले
यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट दुईजना वैज्ञानिक सम्मानित हुने भएका छन्। भर्खरै रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले इम्मानुएल चारपेन्टियर र जेन्निफर ए डउडनालाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
‘जीनोम इडिटिङ’को विधि विकास गरेकोमा उनीहरुलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको हो।
यसैगरि बिहिबार साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरिने छ।