× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा मुम्बईले राजस्थानलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती शेख जायद स्टेडियम आबूधाबीमा भएको खेलमा दिल्ली मुम्बई इन्डियन्स ले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा आफूलाई पुगाउन सफल भएको हो ।
    टस जितर पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै राजस्थानलाई १९३ रनको लक्ष्य दिएको थियो।
    मुम्बईका लागि सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे। त्यस्तै क्विन्टन डी ककले २३ रन बनाउँदा हार्दिक पान्ड्याले नटआउट ३०, क्रुनाल पान्ड्या १२ तथा कप्तान रोहित शर्माले ३५ रनको योगदान गरे ।
    बलिङतर्फ राजस्थानका लागि श्रेयस गोपालले २ विकेट, कार्तिक त्यागि र जोफ्रा आर्चरले समान १\ १ विकेट लिए ।
    मुम्बईले जितका लागि दिएको १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।
    राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिएपनि एकल प्रयासले टोलीलाई जिताउन पर्याप्त रहेन । त्यस्तै जोफ्रा आर्चरले ११ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाउँदा स्टिभ स्मिथ ६ , महिपाल ११ र टम करन १५ रन बनाए ।
    बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेम्श प्याटिनसनले दुई, राहुल चहर र काइरन पोलार्डले एक एक विकेट लिए ।
    आज साँझको खेल चेन्नई र कोलकाता बीच हुनेछ ।