× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा चेन्नईले पन्जाबलाई हरायो

    १८ आश्विन २०७७, सोमबार

    १८ आश्विन २०७७, सोमबार

    ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको दोस्रो खेलमा चेन्नईले पन्जाबलाई १० विकेटले पराजित गरेको छ ।
    टस जितेर पहिलो ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अर्धशतकीय पारी खेले ।
    त्यस्तै निकोलस पुरानले ३३ रन बनाउँदा मन्दीप सिंह २७ तथा मयंक अग्रवालले २६ रन बनाए । बलिङतर्फ चेन्नईका लागि सर्दुल ठाकुरले दुई विकेट लिए । त्यस्तै रविन्द्र जडेजा र प्रियुस चावलाले समान एक–एक विकेट लिए ।
    १७९ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको चेन्‍नइले १७ ओभर ४ बलमा विना विकेट १८१ रन बनाउन सफल भयो ।
    चेन्नईका लागि वाट्सन र डुप्लेसिसले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका वाट्सनले ११ चौका र ३ छक्काको सहयोगमा ८३ रन बनाए । त्यस्तै ५३ बल खेलेका डुप्लेसिसले ११ चौका र १ छक्काको सहयोगमा ८७ रनको योगदान गरे ।
    बलिङतर्फ पन्जाबका लागि कुनै पनि खेलाडीले विकेट लिन सकेनन् ।

    आज साँझको खेल दिल्ली क्यापिट्ल्स र रोयल च्यालेन्जर्स बेंगलोर बीच हुनेछ ।