× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सन्दीप आवद्ध दिल्लीले आइपीएलमा कोलकातालाई हरायो

    ४ वर्ष पहिले

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो ।
    शनिवार राती १५ औं खेल सारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रनको विशाल योगफल तयार गरेको थियो।
    २२९ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो र ऊ १८ रनले पराजित हुन पुग्यो ।
    दिल्लीको टीममा नेपाली क्रिकेटर सन्दीप लामिछाने समेत रहेका छन् । तर आजको खेलमा समेत उनीले मौका पाएनन्।
    यो जीतसंगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
    आज पनि दुई खेल हुनेछ । पहिलो खेल सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स तथा दास्रो खेल चेन्नई र किंग्स इलेभेन पन्जाब बीच हुनेछ ।