× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बाटोको विषयलाई लिएर श्रीमतिको हत्या, श्रीमान् गम्भीर घाइते ।

    ४ वर्ष पहिले

    रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको हत्या भएको छ भने श्रीमानको अबस्था गम्भीर रहेको छ ।

    सोही गाउँका महेश तिवारी दम्पतीमाथि ४ जनाका समुहमा आएका हतियारधारी समुहले खुकुरी र खुडाले आक्रमण गर्दा महेशका पत्नी जगरामी देविको मृत्यु भएको थियो । श्रीमान महेशलाई बचाउन खोज्दा श्रीमती जगरामी देवीको हत्या भएको हो । श्रीमान महेशको टाउको र घाँटीमा चोट लागेको छ । आक्रमणबाट गम्भीर घाइते भएका महेशको भने बिरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेकोे छ ।

    शुक्रवार साँझ देवाही गोनाही नगरपालिका वाड नं.५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित ४ जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । प्रजित र सोनालाल दाजुभाई हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । साँझ साढे ८ बजेको समयमा गाउँमा गफ गरेर बसिरहेको अबस्थामा खुकुरी साथमा आएका समूहले महेशलाई मार्ने धम्की दिएको स्थानियले बताएका छन् ।

    आक्रमणकारीले धम्की दिएर गएको आधा घण्टापछि सो समूह फर्केर महेश दम्पतीमाथि आक्रमणमा गरेका थिए । गत असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । सोही कारणले हत्या भएको हुन सक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शाहले जानकारी दिएका छन् ।

    यस अघि पनि गरुडा नगरपालिका वाड नं. ८ का निरन्जन राम,माधब नारायण नगरपालिका वाड नंं ४ का पुजारी र गडीमाइ नगरपालिका वाड नं. २ का एक महिलाको हत्या भएको थियो । राजधानीडेलीबाट साभार ।