× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा १३१३ जना कोरोना भाइरस संक्रमित थपिए,थप ६ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज ९, २०७७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जना संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १२ हजार २ सय जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ९ लाख ६८ हजार १ सय २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६ सय १५ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ ।संक्रमितमध्ये ८ हजार २ सय३७ संस्थागत आइसोलेसनमा छन् भने १० हजार ५२ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ९५ पुगेको छ । त्यसैगरी क्वारेन्टिनमा ६ हजार ४ सय ६४ जना रहेको छ ।