× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चारकिलोको पहिरो हटाइ दुवै तर्फी राजमार्ग सञ्चालन ।

    ४ वर्ष पहिले

    आश्विन ८, चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चारकिलोमा खसेको पहिरो हटाइ राजमार्ग दुवैतर्फ सञ्चालन भएको छ । राति ९ बजे खसेको पहिरो विहान ३ बजे एकतर्फी सञ्चालन गरिएको थियो । दुवै तर्फ राजमामार्ग सञ्चालन गराउन विहान ९ बजेबाट २ वटा मेसिनहरुको प्रयोग गरी पहिरो हटाउने काम गरिएको थियो । पहिरो हटाउन शुरु गरिएको करिब ३ घण्टापछि दुवै तर्फ यातायात सञ्चालन भएको हो । उता पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जोगिमारा, बादरे लगायतका ठाउहरुमा पनि एकर्फी सञ्चालन भएकोमा दुइ तर्फी नै सञ्चालन गर्नको लाग पहिरो हटाउने काम भएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।