× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरूद्ध ।

    ४ वर्ष पहिले

    आश्विन ७, पाल्पा
    अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । वुधवार विहान देखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयको सहयोगमा अहिले सडक खुलाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । बाटो अबरुद्ध भएपछि सयौ सवारी साधनहरु जाममा परेका छन् ।