× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोका कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ र पृथ्वी राजमार्ग सुचारु ।

    ४ वर्ष पहिले

    आश्विन ७, चितवन । पहिरोका कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ र पृथ्वी राजमार्ग सुचारु भएको छ । गएराति परेको अविरल बर्षाका कारण विभिन्न ठाउमा पहिरो झर्दा राजमार्ग अबरुद्ध बन्न पुगेको थियो । भरतपुर सडक डिभिजन कार्यालयको लोडर प्रयोग गरी राजमार्गको पहिरो हटाएको हो । पानी परिहेको कारण थप पहिरो खस्न सक्ने सम्भावना भएकोले पहिरोको जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरी कार्यालय मुगि्लनले आग्रह गरेका छन् । विहान करिब ६ बजे खसेको पहिरो करिब ४ घण्टा पछि पहिरो हटाइ दुवै तर्फ यातायात सञ्चालन भएको हो । सामान्य वर्षा हुदा पनि चारकिलोमा पहिरो खस्ने हुदा राजमार्ग अबरुद्ध हुदै आएको छ ।