× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    संविधान दिवसको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीको सन्देश

    ४ वर्ष पहिले

    आश्विन ३, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सामन्ती र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको वर्तमान संविधानले अन्त्य गरेको बताएकी छिन्।

    संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको पनि उनले जनाएकी छिन्। “यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन्”, शुभकामना सन्देशमा उल्लेख छ।

    जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएको भन्दै उनले अब सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ।

    संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारहरुलाई सुनिश्चित गर्न विगत दुई वर्षमा ३०० भन्दा बढी कानूनहरु बनेको शुभकामना सन्देशमा उनले उल्लेख गरेकी छिन्। “संविधाना निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न नयाँ कानूनहरुको कायान्वयनका लागि नेपाल सरकार अग्रसर रहेको छ”, शुभकामनामा उल्लेख छ।