× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२ सय ४६ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु र १२ सय ४३ जना घर फर्किए ।

    ४ वर्ष पहिले

    आश्विन १, काठमाडौं : नेपालमा  कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। मंगलबार १४ सय ५९, बुधबार १५ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।

    काठमाडौंका ५०७ , भक्तपुरका ५० र ललितपुरका ६१ जना गरेर उपत्यकामा मात्र २४ घण्टामा ६१८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ ।

    दुई दिनको बढ्दो ग्राफ बिहीबार भने केही घटेको छ। पछिल्लो २४ घण्टामा बिहीबार उपत्यकामा ६१८ सहित १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ। प्रवक्ता गौतमका अनुसार १६ हजार २४१कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ३३८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन्। मन्त्रालयका अनुसार १८२ जनाको आइसीयूमा र ३९ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।

    मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा १० हजार ६४१ जनाको  पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९३९ पुगेको छ।  

    कोरोनाले २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ,  डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।