× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन नरायणगढको चारकिलोमा पुनः पहिरो
    पहिरोले कारको आधाभाग पुर्‍यो ।

    ४ वर्ष पहिले

    असोज १, चितवन ।
    मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६, चारकिलोमा पुन पहिरो खसेको छ । विहान करिब ४ बजे खसेको पहिरले काठमाण्डौबाट नारायणगढ जादै गरेको बा १२ च ९८३२ नम्बरको कारको आधाभाग पुरिएको तर कारमा सवार सबै भागेर ज्यान बचाउन सफल भएका छन् । । समान्य वर्षा हुँदा समेत पहिरो खसिरहने चारकिलोमा आज लेदो सहित खसेको पहिरोले बाटो अवरुद्ध भएको हो । पहिरोको कारण विरामी बोकेका एम्बुलेन्स सहितका सयौ सवारी साधनहरु जाममा परेका छन् । सडक डिभिजन कार्यालय भरतपुरको एकवटा लोडरको प्रयोग गरि विहान ६ बजे देखि पहिरो हटाउने कार्य शुरु भएको हो । पहिरोको विचभागमा कार फसेकोले पहिरो हटाउन केही समस्या भएको बताउदै १ घण्टामा दुवै तर्फ राजमार्ग सञ्चालन गर्न सकिने ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनभयो ।