× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चारकिलोमा पहिरो खस्यो, राजमार्ग अबरुद्ध

    ४ वर्ष पहिले

    भाद्र २९, चितवन
    मुग्लिन नाराययणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ चारकिलोमा पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । पहिरो हटाउनको लागि मुगि्लनबाट लोडर लगिएको छ । माथिबाट थप पहिरो नखसे करिब ४ घण्टामा पहिरो हटाउन सकिने लोडर अपरेटर अमर गुरुङ्गले बताउनुभयो । विहानै देखि सिसिम पानी परिहेको कारण थप पहिरो खस्ने जोखिम भएको हुँदा उक्त राजमार्ग भएर हिड्ने सवारी चालकहरुलाई सुरकि्षत भएर हिड्न ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले आग्रह गरेका छन् ।