× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • साहित्य

    हार्दिक श्रद्धा सुमन

    ४ वर्ष पहिले

    प्रगतिवादी कवि चन्द्रा थानीको असामयिक निधनले यतिखेर सबै लेखक एवं सांस्कृतिककर्मी लाई स्तब्ध बनाएको छ । यो शोकको घडीमा उहाँको यो कवितासँगै उहाँप्रति हार्दिक श्रद्धा सुमन ।

    हराएको देश

    चन्द्रा थानी

    पहाडबाट झरेदेखि

    बगरेको हातमा परेदेखि

    हराएको छ मेरो देश

    भेटिँदैन मेरो देश

    खै ! कहाँ छ मेरो देश ?

    मैले खोजिरहेको छु

    न सरकारमा गएको छ

    न न्यायालयमा रहेको छ

    न संविधानमा बसेको छ

    न संसदमा पसेको छ

    खै ! कहाँ छ मेरो देश ?

    खोलानाला वनजङ्गल जताततै पुगिसकें

    साँध सिमानामा गएर खोजिसकें

    कुनाकाप्चामा छाँद मारिसकें

    सूचनामा नाम टाँसिसकें
    अझै पनि भेटिएन मेरो देश

    खै ! कहाँ छ मेरो देश ?

    चारकोसे झाडीलाई भने

    हिमनदीको जललाई सोधें

    दशगजामा रहेको जङ्गेपिल्लरलाई गुहारें

    मैले मेरो देश भेट्न सकिनँ

    खै ! कहाँ छ मेरो देश ?

    ए बगरेहरु हो !

    तिमीले मेरो देशलाई मबाट छुटाउन

    सुस्ता, मानेभज्ञ्याङ र कालापानी

    ल्गायत थुप्रै ठाउँमा खेद्यौ

    मेची र महाकालीमा रेट्यौ

    कोसी, गण्डकी र कर्णालीमा

    पिट्नसम्म पिट्यौ

    उठ्नै नसक्ने गरी थला पा¥यौ

    यसैगरी मेरो देशलाई

    तिमीले नजरबन्द बनायौ, मरणासन्न तुल्यायौ

    ए बगरेहरु हो !

    तिमीले मेरो देशलाई सास्ती दिनसम्म दियौ

    अब तिम्रा सबै कर्तुत पर्दाफास नगरेसम्म

    तिम्रो हातबाट देश नखोसेसम्म

    बन्दैन मेरो देश

    मिल्दैन शान्ति

    भेटिँदैन मेरो देश

    खै, कहाँ छ मेरो देश ?

    अनिल श्रेष्ठ,आँबु खैरेनी