× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ज्वाई कुटेर मार्ने ससुरा पक्राउ

    ४ वर्ष पहिले

    बाँके । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा पक्राउ परेका छन् । सोही उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोलेर खुवाएका थिए । गम्भीर घाइते भएका रैदासको नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । स्रोत राजधानीडेली ।