× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पत्रकार वीरेन्द्र साहको हत्या प्रकरणका फरार अभियुक्त पक्राउ, मुख्य योजनाकार अझै फरार

    ४ वर्ष पहिले

    वीरगंज : बाराका पत्रकार वीरेन्द्र साहको हत्या प्रकरणमा बारा प्रहरीलाई अर्को सफलता हात लागेको छ। साहको हत्या प्रकरणका अर्का एक अभियुक्तलाई पक्राउ गर्न बारा प्रहरी सफल भएको छ।

    हत्या प्रकरणका मुख्य योजनाकार लालबहादुर चौधरीलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ।बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले २०६४ असोज ८ गते बाराका पत्रकार वीरेन्द्र साहको हत्याको मुद्दामा ५ जना संलग्न रहेकोमा हाल सम्म ४ जना पक्राउ परिसकेको र एक जना फरार रहेको बताए।

    बारा प्रहरीले गत बिहिवार दिउँसो साढे २ बजे महागढिमाई २ तेलकुवाका ४५ वर्षीय हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई कोल्हबी ४ सपही टोलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी आदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ। यसअघि बारा प्रहरीले २०६५ असोज १९ गते बारा, साबिक ईनार्वासिरा गाविस ९ बस्ने मनेजर गिरी र २०६५ पुस २१ गते खोपवा गाविस ८ बस्ने रामएकबाल सहनीलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। बारा जिल्ला अदालतले उनीहरुलाई सर्वस्वसहित जन्मकैदको फैसाला सुनाएको थियो।

    त्यसपछि तेस्रो अभियुक्तको रुपमा २०७६ फागुन २५ गते बारा प्रहरीले बाराको साबिक गडहल गाविस ५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदारलाई पक्राउ गरेको थियो। उनलाई पुर्पक्षको लागि वीरगंज कारागार पठाइएको छ। अब पाँचौ तथा अन्तिम अभियुक्त बारा ईनार्वासिराका लालबहादुर चौधरीलाई प्रहरीले मोस्ट वान्टेडको खोजी सूचिमा राखेर मुद्दालाई अघि बढाएको छ।

    बाराको जंगल फडानीको बारेमा रिपोर्टिङको लागि घरबाट निस्केका पत्रकार साहलाई बाटोबाटै अपहरण गरी गोली हानेर हत्या गरिएको थियो। उनको शव बाराको डुम्बरबानाको जंगलमा गाडेको अवस्थामा एक महिनापछि फेला परेको थियो। पहिलोपोष्टबाट साभार ।