× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा रूखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु

    ४ वर्ष पहिले

    चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो । श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । घटना बिहान १०ः५५ बजे भएको हो । रासस