× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    झुम्का कारागारका संक्रमित कैदीको मृत्यु

    ४ वर्ष पहिले

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् झुम्का कारागारका एक कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

    सुनसरीको रामधुनी-५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको शुक्रबार मृत्यु भएको हो।

    मृतक विगत एक वर्षदेखि झुम्का कारागारमा रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए।

    शुक्रबार बिहान कोरोना पोजिटिभ देखिएपछि उनलाई इनरूवा जिल्ला अस्पतालबाट रिफर गरेर प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो।

    उनको शुक्रबार दिउँसो साढे ४ बजे मृत्यु भएको सापकोटाले बताए। मृतकलाई १० दिनदेखि ज्वरो, खोकी र स्वास प्रस्वासमा समस्या भएको थियो। (स्रोतः–सेतोपाटीडटकम)