× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन नरायणगढ सडक खण्ड पहिरोको कारण अबरुद्ध ।

    ४ वर्ष पहिले

    भाद्र २६, चितवन


    गएराति परेको अविरल वर्षाका कारण मुगि्लन नारायणगढ सडक खण्डको विभिन्न ठाउमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । समान्य वर्षा हुदा समेत पहिरो खसिरहने ३ किलो, ५ किलो र जलविरे लगायतका ठाउहरुमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय मुगि्लनले जानकारी दिएको छ । पहिरो हटाउनको लागि १७ किलोमा रहेको लोडरको प्रयोग भइरहेको र पहिरो छिटो हटाएर राजमार्ग सञ्चालनमा ल्याउन भरतपुर सडक डिभिजन कार्यालयबाट थप एउटा लोडर मगाइएको ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो । त्यस्तै उहाँले थप पहिरो नखसे करिब २ घण्टामा दुवै तर्फ यातायात सञ्चालन गर्न सकिने बताउनुभयो ।