× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तीन मन्त्री नियुक्त: अर्थमा खनाल, ऊर्जामा घिसिङ र गृहमा अर्याल

    ४ दिन पहिले

    भदौ-३०, राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनका साथै गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले तीन मन्त्रीको नियुक्ति भएको र शपथ सोमबार हुने जानकारी दिए ।

    शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री चयन भएकी थिइन् । उनले जेनजीसहितको टीममा छलफल गरेर मन्त्री सिफारिस गरेसँगै राष्ट्रपतिले नियुक्त गरेका हुन् ।

    शुक्रबारबाटै मन्त्री चयनका लागि प्रधानमन्त्री कार्कीले संवाद गरिरहेको दाबी गरिएको थियो । तर, धेरै गैरराजनीतिक व्यक्तिले दाबी गरेपछि मन्त्री चयनमा सकस देखिएको बताइएको छ ।