× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आईपीएलमा मुम्बईले पन्जाबलाई ४८ रनले हरायो

    १५ आश्विन २०७७, शुक्रबार

    १५ आश्विन २०७७, शुक्रबार

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति शेख जायद आबूधाबीमा भएको खेलमा मुम्बई इण्डियन्सले किंग्स इलेभेन पन्जाबलाई पराजित गरेको छ ।
    मुम्बईले पन्जाबलाई ४८ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पन्जाबले पुरा गर्न सकेन । उसले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनमात्र बनायो ।
    मुम्बईले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।
    मुम्बईका लागि कप्तान रोहित शर्मा चम्किएका थिए । उनले ४५ बलमा ३ छक्का र ८ चौकाको सहयोगमा ७० रन बनाए । रोहितले यही खेलमा आईपीएलमा ब्यक्तिगत पाँच हजार रन पूरा गर्ने तेस्रो खेलाडी वने ।
    मुम्बईका लागि काइरन पोलार्ड २० बलमा ३ चौका र ४ छक्का ४७ रनमा अविजित रहे । हार्दिक पान्ड्या ११ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । पाँचौ विकेटका लागि पान्ड्या र पोलार्डले मात्र ३।५ ओभरमा ६७ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए ।
    पन्जाबका लागि शेल्डन कटरेलले ४ ओभरमा एक मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । कृष्णाप्पा गौथमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।
    १९२ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको पन्जाब २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमात्र बनाएका थिए । पन्जाबका लागि निकोलस पुरनले ७ बलमा ३ चौका र २ छक्का प्रहार गरेर ४४ रनमा क्याच आउट भए । कृष्णा गौथम १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे पनि अन्य खेलाडिले रन बनाउन नसक्दा पराजित हुन पुगेको हो ।
    मुम्बईको लागि राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिनसनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । टे«न्ट बोल्टले एक विकेट लिए ।

    मुम्बई ४ खेलमा समान २ मा जित र हार सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर समान ३ खेलमा २ मा जित र १ मा हार सहित नेट रन रेटको आधारमा क्रमश तेस्रो, चोथो र पाँचौ स्थानमा छन् ।
    आज साँझको खेल सनराइजर्स हैदराबाद र चेन्नई बीच हुनेछ ।