× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले हरायो

    १३ आश्विन २०७७, बुधबार

    १३ आश्विन २०७७, बुधबार

    इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को एघारौं खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनल पराजित गरेको छ । यो हैदराबादको जारी आइपिएलमा पहिलो जित हो । दिल्ली क्यापिटल्स को पहिलो हार हो ।
    मंगलबार राती शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर सम्मानजनक १६२ रनको योगफल तयार गरेको थियो।हैदरावादका लागि जोनी बैरस्ट्रवले ५३ रन बनाए भने डेविड वार्नरले ४५ रन बनाएर आउट भए ।

    त्यस्तौ केन विलियाम्सनले ४१ रन बनाए भने मनिष पाण्डे ३ रन बनाएर आउट भएका थिए । त्यसैगरी अब्दुल समादले अविजित १२ रन बनाए ।


    १६३ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको दिल्ली क्यापिटल्सले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमात्र बनाएका थिए ।दिल्लीका लागि शिखर धवनले सर्बाधिक ३४ रन बनाए भने रिषव पन्तले ३२ रन बनाए । त्यस्तै शिमरन हेटमायरले २१ रन बनाए भने कप्तान श्रेयस अय्यरले १७ तथा मार्कोस स्टोइनिसले ११ तथा कागीसो रबाडाले १५ रन बनाए ।

    दिल्लीलाई पराजित गर्नको लागि स्पिनर राशिद खानले घातक बलिङ गरेका थिए । उनिले ४ ओभरमा १४ रन खर्चेर प्रमुख ३ विकेट लिए ।

    दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । दिल्लीले चौथो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग शारजाहमा खेल्ने छ । हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो । चौथो खेल हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सँग दुबईमा खेल्ने छ ।

    आज साँझको खेल राजस्थान रोयल्स र कोलकोता नाइटराइडर्स बीच हुनेछ ।