× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हरायो

    १२ आश्विन २०७७, मंगलवार

    १२ आश्विन २०७७, मंगलवार

    इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । यो रोयल च्यालेन्जर्स बेंगलोरको जारी आइपिएलमा दोस्रो जित हो । मुम्बई इन्डियन्स को दोस्रो हार हो ।
    सोमबार राती दशौं खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रनको योगफल तयार गरेको थियो। रोयल च्यालेन्जर्स बेंगलोरका डिभिलियर्स र फिन्चको अर्ध शतकीय इनिङमा राम्रो स्कोर बनाउन सफल रह्यो।
    २०२ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको मुम्बई इन्डियन्सले २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय १ रनमात्र बनाएका थिए । त्यसपछि यो खेल बराबरीमा सुपर ओभरमा गएको थियो ।
    सुपर ओभरमा मुम्बईले पहिले ब्याटिङ गर्यो । मुम्बईका ब्याट्सम्यानले यसमा केवल सात रन मात्र बनाउन सके । बैंगलोरका ब्याट्सम्यान एबी डिभिलियर्स र कप्तान विराट कोहलीले यो टार्गेट सहज पार गर्यो र खेल जित्यो ।