× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    न्यूनचापीय क्षेत्रका कारण मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने थाल्यो, राति पनि ठूलो हावा चल्ने सम्भावना

    ९ आश्विन २०८३, शनिबार

    ९ आश्विन २०८३, शनिबार

    असोज-१०,नेपाल मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा ठूलो हावा चलिरहेको जनाएको छ । आज राति पनि ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले शनिबार दिउँसो ३ः१० बजे जारी गरेको सूचनाअनुसार भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना बढेको हो ।

    यस्तै, भोलि दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।