× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    विजय थलापति–सिनेमाको पर्दादेखि मुख्यमन्त्रीको कुर्सीसम्म ।

    २२ घण्टा पहिले

    सन् २०१९ मा भारतको निर्वाचन आयोगले विजयको फिल्म सरकारको कथावस्तु प्रयोग गरेर कसैले आफ्नो नाममा जालसाजीपूर्वक मतदान गरेमा मतदाताले आफ्नो मतपत्र पुनः प्राप्त गर्ने कानुनी अधिकारका बारेमा सचेतना समेत फैलाएको थियो । 

    अहिले सन् २०२६ को मे ४ सोमबारका दिन, जब विधानसभा निर्वाचनको मतगणना सुरु भयो उहि नायक विजयकाे टिभीके पार्टि एक सय भन्दा धेरै स्थानमा अग्रता कायम गर्दै गरेको देखा पर्‍यो । सन् २०२१ देखि सत्तामा सुविधाजनक बहुमतसहित शासनरत डीएमकेले टिभीकेलाई धेरै मत संख्याको अन्तरमा पछ्याइरहेको थियो । आठ वर्ष अघि सरकार फिल्मलाई रोक्न खोज्ने एआईएडीएमके पार्टी भने आफ्नो राजनीतिक अस्तित्व रक्षाकै संघर्षमा झरेको देखियो । 

    सन् २०१८ मा आएको आफ्नो फिल्म सरकारमा विजयले सुन्दर रामास्वामीको भूमिकामार्फत तमिलनाडुका जनतालाई एउटा आह्वान गरेका थिए । जनतालाई ‘जाऊ र भोट हाल’ भनेका थिए । आफूसँग भएको मतशक्तिको प्रयोग गर्न आह्वान गरेका थिए । आफ्नो अनुपस्थितिमा आफ्नो अधिकार अरूलाई खोस्न वा खेर जान नदिन आग्रह गरेका थिए । त्यसकाे करिव आठ वर्षपछि तमिलनाडुका जनता साँच्चिकै अपत्यारिलो सङ्ख्यामा मतदान केन्द्रमा पुगे । यस पटक भने मतदाताको सहभागिता ८५ दशमलव १ प्रतिशत पुग्यो । यस्तो सहभागिता विधानसभा निर्वाचनको इतिहास कै सर्वाधिक थियो । तमिलनाडुका ३८ जिल्लामध्ये ३२ वटामा कुल मतदाताको ८० प्रतिशत भन्दा बेसी मत खस्यो । कुनै समय काल्पनिक कथामार्फत मानिसहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न झकझकाउने व्यक्ति यस पटक आफैँ मतपत्रमा अङ्कित थियो । मे ४ तारिखमा मतगणना चल्दै गर्दा टिभीके एक सय भन्दा बेसी निर्वाचन क्षेत्रमा अगाडी आयो । कुनै समय दक्षिण भारतको राजनीतिमा बर्चस्वशाली मानिने डीएमके यस पटक आफ्नै प्रदेशमा आफ्नो सान्दर्भिकता जोगाउनै पनि सङ्घर्षरत छ ।

    सिनेमामा चमत्कार देखाएको आठ वर्षपछि त्यही भूमिका निर्वाह गर्ने व्यक्तिले कथाको अन्त्य भने वास्तविक जीवनमा आफ्नै लागि लेखेको जस्तो देखिएको छ । तर यी सबै परिणामबिच विजयका लागि अबका दिन त्यति सहज भने पक्कै हुने छैन । सिनेमा र वास्तविक जीवनमा धेरै अन्तर छ । आगामी दिनमा फिल्ममा जस्तो कुनै मध्यान्तरको सुनिश्चितता हुने छैन । तमिलनाडुमा जित्न जति सजिलो छ शासन गर्न त्यो भन्दा धेरै कठिन छ । सिनेमाकै शैलीमा जीत हात पारेका विजयलाई यो परिणाम दिएको राज्यले उनका हरेक कदम र निर्णयहरू नजिकबाट नियाल्ने छ । 

    (यशस्विनी श्री/इन्डियन एक्सप्रेसबाट)